Biography of bhawani bhikshu in nepal si
Biography of bhawani bhikshu in nepal si in hindi
Biography of bhawani bhikshu in nepal si in english.
भवानी भिक्षु
भवानी भिक्षु (वि.सं.१९६६ जेठ २१ – २०३८ बैशाख ४ गते)[१] नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) उनका केही कथासङग्रहहरु हुन् ।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे। त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो। त्यसै बिमारले उनी थला परे। त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ’हे साक्षात् देवी!
मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस्।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन्। उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए। आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छछल्किन थाले। उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ’मेरो बाबु!
तिमी देवीका कृपाले निको भयौ।’ तर भिक्षुको मुखैभरि विफरका दा